Find Us On Facebook
सर्वोच्चको अन्तरिम आदेश खारेज, नयाँ राजदूत नियुक्तिको बाटो खुल्यो
DATE : 2016-09-05

२० भदौ, काठमाडौं । सर्वोच्च अदाललते राजदूतको नियुक्ति फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न दिएको आफ्नो अन्तरिम आदेश खारेज गरेको छ ।
यससँगै नयाँ राजदूत नियुक्तिको बाटो खुलेको छ ।

प्रचण्ड सरकारले अघिल्लो सरकारले नियुक्तिका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक आधारमा परेका १४ राजदूतको सिफारिस फिर्ता लिएको थियो । तर, उनीहरुले सर्वोच्चमा रिट दायर गरेपछि निर्णय यथास्तितिमा राख्न आदेश भएको थियो ।

न्यायाधीश गोपाल पराजुली र डा. आनन्द मोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरेको रजिष्टार नकुल सुवेदीले जानकारी दिए ।



onlinekhabar